logo
२०८० चैत्र १६ शुक्रवार



भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घट्यो

अन्तर्राष्ट्रिय |


भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घट्यो


नयाँदिल्ली, कात्तिक ८ गते । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घटेको छ । सरकारी अधिकारीले पछिल्लो २४ घण्टामा १४ हजार ३०६ जना मात्रै नयाँ सङ्क्रमित भएको सोमबार जानकारी दिएका छन् । यसअघि झण्डै २० हजारको हाराहारीमा दैनिक सङ्क्रमित हुने गरेकोमा अहिले १४ हजार भएकाले घटेको देखिएको हो ।

भारतमा अहिले एक लाख ६७ हजार ६९५ जना सक्रिय सङ्क्रमित रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या २३९ दिनपछिकै सबैभन्दा कम रहेको पनि अधिकारीहरुले जनाएका छन् । भारतमा अहिले सक्रिय अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितको सङ्ख्याको ०.४९ प्रतिशत मात्रै हो । त्यसैगरी सङ्क्रमणमुक्त भएकाहरुको मात्र पनि महामारी फैलिएपछिकै सबैभन्दा धेरै रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार कुल सङ्क्रमितमध्ये ९८.१८ प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?