logo
२०८० चैत्र १६ शुक्रवार



क्षेप्यास्त्र नयाँ र स्वदेशमै निर्मित : उत्तर कोरिया

अन्तर्राष्ट्रिय |


क्षेप्यास्त्र नयाँ र स्वदेशमै निर्मित : उत्तर कोरिया


सोल, कात्तिक ३ गते । उत्तर कोरियाले मङ्गलबार आणविक क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको स्वीकार गरेको छ । उत्तर कोरियाले उक्त क्षेप्यास्त्र हालसालै स्वदेशमै निर्माण भएको र नयाँ क्षेप्यास्त्र रहेको पनि स्पष्ट गरेको छ । दक्षिण कोरियाली सैन्य अधिकारीहरुले मङ्गलबार उत्तर कोरियाले क्षेप्यास्त्र हानेको बताएको थियो । उत्तर कोरियाले सो क्षेप्यास्त्र परीक्षण गरिएको बुधबार स्पष्ट गरेको हो ।

साथै सो क्षेप्यास्त्र स्वदेशमै निर्मित र नयाँ रहेको उत्तर कोरियाली सरकारले बताएको यहाँको सरकारी समाचार समिति केसिएनएले जानकारी दिएको छ । दक्षिण कोरियाली सेनाका प्रमुखले उत्तर कोरियाले सो क्षेप्यास्त्र हानेको छ र उक्त क्षेप्यास्त्र पूर्वी समुद्रको पानीमा खसेको अनुमान गरिएको मङ्गलबार बतएका थिए ।

उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्र प्रहार गर्ने र परीक्षण गर्दै आएको छ । केही समयअघि पनि उसले अन्तरमहादेशीय क्षेप्यास्त्र हानेको बताइएको थियो । सो क्षेप्यास्त्र जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको जापानले जनाएको थियो । यस पटकको क्षेप्यास्त्र पनि पानीमा खसेको बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?