logo
२०८० चैत्र १६ शुक्रवार



भारतकाे केरलामा बाढी र पहिरोको कारण २७ जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


भारतकाे केरलामा बाढी र पहिरोको कारण २७ जनाको मृत्यु


काठमाडौं, कात्तिक १ गते । भारतको केरला राज्यमा हिजो आएको बाढी र पहिरोको कारणले अहिलेसम्म २७ जनाको मृत्यु भएको छ ।
कोटायामा र इडुक्की जिल्लामा बाढी र पहिरोमा फसेका नागरिकहरुको उद्धार गरिएको छ ।
केरला राज्य सरकारले मृत्यु भएका परिवारलाई जनही चार लाख भारतीय रुपियाँ प्रदान गर्ने उद्घोष गरेको छ ।
अक्टोबर १३ तारिखदेखि नै भारतमा भारी वर्षा हुने अनुमान गरिएकोमा अक्टोबर १७ तारिख (आइतबार) सो क्षेत्रमा यस्तो दुःखद घटना भएको छ ।
सो क्षेत्रमा अझै भारी वर्षा, बाढी र कुनै पनि खालका विपद आउनसक्ने भएकाले अनावश्यक रुपमा यात्रा नगर्न नागरिकहरुलाई सरकारले निर्देशन दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?