logo
२०८१ बैशाख ७ शुक्रवार



महामारीले क्षति पु-याएको आर्थिक क्षेत्रलाई सहुलियत दिने जापानी प्रधानमन्त्रीको प्रतिबद्धता

अन्तर्राष्ट्रिय |


महामारीले क्षति पु-याएको आर्थिक क्षेत्रलाई सहुलियत दिने जापानी प्रधानमन्त्रीको प्रतिबद्धता


टोकियो, असोज २४ गते । जापानी प्रधानमन्त्री फुमिओ किसीदाले जापानको आर्थिक विकासमा आफूले गति दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले जापानमा कोरोना भाइरसको महामारीका कारण उत्पन्न भएको आर्थिक मन्दीको अवस्थामा आफूले परिवर्तन ल्याउने बताउनुभयो । उहाँले जापानमा आम निर्वाचनको अभियानको शुरुवात गर्दै सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो– जापानमा महामारीका कारण आर्थिक अवस्थामा असर पारेको छ र त्यसको पूर्तिका लागि मैले आर्थिक प्याकेजहरु ल्याउने प्रण गर्दछु । आफूले यस अन्तर्गन अरबौँ रुपैयाँको यस्तो आर्थिक प्याकेज ल्याउने र महामारीका कारण प्रभावित भएका यहाँका कम्पनीहरुलाई सहयोग गर्ने पनि उहाँले बताउनुभयो ।

जापानमा पनि पछिल्लो समयमा कोरोना भाइरसको प्रभाव बढी मात्रामा देखिएको छ र यसबाट नागरिकहरु प्रभावित भएका छन् । साथै यहाँका कम्पनीहरुमा भाइरसको प्रकोपले आर्थिक क्षति गराएको बताइएको छ । ती कम्पनीहरुले सरकारसँग आर्थिक सहायताको माग गरिरहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?