logo
२०८० चैत्र १६ शुक्रवार



इथियोपियाका प्रधानमन्त्री अबिद्वारा नयाँ कार्यकालका लागि शपथ

अन्तर्राष्ट्रिय |


इथियोपियाका प्रधानमन्त्री अबिद्वारा नयाँ कार्यकालका लागि शपथ


एड्डिस अबाबा, असोज १८ गते । इथियोपियाका प्रधानमन्त्री अबी अहमदले सोमबार नयाँ कार्यकालका लागि शपथ ग्रहण गरेका छन् ।

गत जुनमा भारी मतान्तरले चुनाव जितेका प्रधानमन्त्री अबीले नयाँ कार्यकाल (पाँच वर्षको) लागि सोमबार शपथ लिएका हुन् । जुन महिनामा प्रधानमन्त्रीमा अत्यधिक मतले विजयी भएपनि उनको सरकारले टिग्रेइको उत्तरी क्षेत्रमा लामो द्वन्द्वलगायत अनेक चुनौतीहरूको सामना गर्नुपरेको छ।

अबीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश मेजा आशेनाफीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

संसद्को तल्लो सदनका सभामुख र उपसभामुखले पनि सोमबार शपथ लिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?