logo
२०८० चैत्र १६ शुक्रवार



कतारमा संसद् सदस्य चयनका लागि पहिलो पटक मतदान

अन्तर्राष्ट्रिय |


कतारमा संसद् सदस्य चयनका लागि पहिलो पटक मतदान
फाइल फाेटाे


दोहा, असोज १६ गते । कतारमा संसद् सदस्य चयनका लागि शनिबार पहिलो पटक मतदान भएको छ । संसदका कुल ४५ सिट मध्ये ३० सिटका लागि मतदान भएको हो । अरु १५ सिटमा भने राजाले नै मनोनीत गर्ने व्यवस्था रहेको छ ।

विश्लेषकहरूले भने निर्वाचनको नतिजा नयाँ खासै नआउने अनुमान गरेका छन् । यसअघि सत्तामा र संसद्मा भएकाहरू नै फेरि निर्वाचित हुने अनुमान गरिएको छ । आवरणमा निर्वाचन लोकतान्त्रिक देखिए पनि शासकहरूबाट सत्ता र शक्ति बाहिर जाने सम्भावना न्यून रहेको छ ।

कतारका नागरिकहरू बिहानैदेखि मतदानका लागि मतदान केन्द्रहरूमा पुगेका र दर्ता अधिकारीसँग नाम दर्ता गरेर मतदान गरिरहेका दृश्यहरू सार्वजनिक भएका छन् ।

मतदान केन्द्रमा अर्धपारदर्शी प्लाष्टिकका मत पेटिकाहरू राखिएका छन् भने सुरक्षाकर्मी तथा निर्वाचन अधिकृतहरु पनि पर्याप्त मात्रामा खटिएका छन् । संसद सदस्यका लागि पुरुष उम्मेदवारहरूको सङ्ख्या अत्यधिक रहेको छ । कुल २८४ उम्मेदवारहरु मध्ये २८ जना मात्रै महिला उम्मेदवार छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?