logo
२०८१ बैशाख ८ शनिवार



चीनमा पानीजहाज दुर्घटना हुँदा बाह्रको मृत्यु, कैयौँ बेपत्ता 

अन्तर्राष्ट्रिय |


चीनमा पानीजहाज दुर्घटना हुँदा बाह्रको मृत्यु,  कैयौँ बेपत्ता 
फाइल फाेटाे


        
गुयाङ, असोज १२ गते । चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराईरहेका सरकारी अधिकारीले जानकारी दिएका छन् ।    
    
अत्यधिक भारीका कारण पानी जहाज पल्टिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटना भएका बेला जहाजमा ४० यात्रु  थिए । घटनापछि अरुलाई उद्धार गरिएको थियो भने हराइरहेकाहरुको अहिले पनि खोजी भइरहेको जनाइएको छ ।    
    
खोजीका लागि ५० भन्दा बढी उद्धार जहाज, २१४ जना उद्धारकर्तालगायत परिचालन गरिएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?