logo
२०८१ बैशाख ८ शनिवार



इरानले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठायो

अन्तर्राष्ट्रिय |


इरानले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठायो
तस्विर-फाइल


तेहरान, असोज ११ गते । इरानले अफगानिस्तानका लागि मानवीय सहायतासम्बन्धी सामग्री पठाएको छ । अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अफगानिस्तानका लागि इरानले यो दोस्रो पटक सामग्री पठाएको हो ।

यी सामग्रीहरुमा इरानले विशेषगरी खाद्य सामग्री पठाएको छ । करिब २१ टन खाद्य सामग्री ल्याएको जहाज आइतबार अफगानिस्तानको काबुल विमानस्थलमा अवतरण गरेको यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

अफगानिस्तानका विद्रोही तालिबानीहरुले यहाँको सत्ता कब्जा गरेपछि अफगान नागरिकलाई खाद्यान्नलगायतका सामग्रीको खाँचो परेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?