logo
२०७८ असोज ३१ आईतवार

आजदेखि बसकाे अग्रिम टिकट बुकिङ, कहाँको भाडा कति (मूल्यसूचीसहित)

खुला |
फोटो फिचर |


2021-09-27-47495
तस्बिर : सुजन गुरूङ्ग 


काठमाडौं, असोज ११ गते । दशैं, तिहारमा काठमाडौं उपत्यकबाट बाहिरिनेका लागि आज (सोमबार)बाट अग्रिम टिकट बुकिङ खुला भएको छ । गत बिहीबार यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीको बैठकले असोज ११ गतेदेखि लामो दूरीमा चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।
सोहि निर्णय अनुसार दशैं मनाउन उपत्यकाबाट घर फर्किन चाहनेहरुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको हो ।
अग्रिम बुकिङका लागि यातायात व्यवस्था विभागले गत असार २९ गते समायोजन गरेअनुसार भाडादर कायम गरेको छ ।

 

तस्बिर : सुजन गुरूङ्ग