logo
२०८१ बैशाख ६ बिहीवार



अफगानिस्तानमा विद्यालय खुल्न थाले  

शिक्षा |
अन्तर्राष्ट्रिय |


अफगानिस्तानमा विद्यालय खुल्न थाले  


  
काबुल, असोज २ गते । तालिबानी विद्रोहीले राजधानी काबुलमा कब्जा जमाएपछि बन्द रहेका विद्यालय करीब एक महिनापछि खुल्न थालेका छन् । अफगानिस्तानको शिक्षामन्त्रालयले दिएको जानकारी अनुसार छात्रहरूले अध्ययन गर्ने माध्यमिक, उच्च माध्यमिक र धार्मिक विद्यालय (मदरासा) हरू शनिबारदेखि सञ्चालनमा आएका छन् ।    
मन्त्रालयले सरकारी तथा निजी दुवै विद्यालयका छात्रहरू र पुरुष शिक्षकहरूलाई शनिबारदेखि नियमित अध्ययन-अध्यापनमा फर्किन आग्रह गरेको छ। यहाँका प्राथमिक विद्यालय अघिल्लो हप्तादेखि सञ्चालनमा आएका छन् भने सकारी विश्वविद्यालय भने बन्द छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?