logo
२०८१ बैशाख ७ शुक्रवार



अर्जेन्टिनाको मन्त्रिपरिषद्मा फेरि फेरबदल 

अन्तर्राष्ट्रिय |


अर्जेन्टिनाको मन्त्रिपरिषद्मा फेरि फेरबदल 


        
बुएनोस एैरेस, असोज २ गते । अर्जेन्टिनाको मन्त्रिपरिषद्मा फेरि फेरबदल गरिएको छ । राष्ट्रपति अल्बेर्टो फेर्नान्डोजले नयाँ राजनीतिक संकट उत्पन्न भएसँगै मन्त्रिपरिषद्मा पुनः हेरफेर गर्नु भएको जनाइएको छ ।    
नयाँ मन्त्रिपरिषद्मा अनिबाल फर्नेन्डोजले सुरक्षा, जुलियन डोमिन्गुजले कृषि, जोन पेर्जाक्सले शिक्षा र डानियल फिल्मुसले विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेबारी पाउनु भएको छ ।    
योसँगै प्रमुख प्रशासकको जिम्मेबारी पनि जोन मन्जुरलाई दिइएको छ । उहाँ यसअघि तुकुमन प्रान्तको गभर्नर हुनुहुन्थ्यो ।    
राष्ट्रपति फेर्नान्डोजले विदेश मन्त्रीलाई पनि उहाँ विदेशमा रहनु भएको बेला पदमुक्त गर्नु बएको छ । विदेश मन्त्री फिलिप सोला ल्याटिन अमेरिकी समूदायको सम्मेलनमा सहभागी हुन मेक्सिको जानुभएको छ । सो सम्मेलन शनिबारदेखि शुरु भएको छ ।    
सम्मेलनमा राष्ट्रपति फेनार्न्डेज समेत सहभागी हुने कार्यक्रम भएको भएपनि उहाँको भ्रमण स्थगित भएको छ । उहाँले देश भित्रको राजनीतिक संकटकै कारणले भ्रमण स्थगित गर्नु भएको उहाँको सचिवालयले जनाएको छ ।    
उहाँले अर्को हप्ता अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा समेत सहभागी नहुने निर्णय सुनाइसक्नु भएको छ ।    
मन्त्रिपरिषद्का नयाँ सदस्यहरूलाई सोमबार सपथ ग्रहण गराउँदै जिम्मेबारी सुम्पिने राष्ट्रपतिको योजना छ ।    
उहाँले जोन रोसलाई नयाँ सञ्चार सचिवको रूपमा नियुक्त गर्नु भएको छ । यसअघि सो पदमा जोन पाब्लो बिओन्डी हुनुहुन्थ्यो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?