logo
२०७८ असोज ३ आईतवार

दैनिक अध्यावधिक

image
656

सङ्क्रमित

image
1413

निको भएका

image
12

मृत्यु भएका

मिति:आश्विन ३, २०७८ (१६:२०)
स्राेत:https://covid19.mohp.gov.np/



रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘सेल्फ आइसोलेशन’मा

अन्तर्राष्ट्रिय |


रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘सेल्फ आइसोलेशन’मा
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २९ गते । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘सेल्फ आइसोलेशन’मा बस्ने हुनुभएको छ । रुसी सञ्चारमाध्यम स्पुतनिकले कोभिड १९ को सङ्क्रमितको सम्पर्कमा आएपछि राष्ट्रपति भ्लादिमिर पुटिनले अलग्गिने निर्णयमा पुग्नुभएको उल्लेख गरेको छ ।
क्रेमलिनले एक वक्तब्य जारी गरी राष्ट्रपति पुटिनले ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोनसँग टेलिफोनमा कुराकानी गरेको जनाएको छ । आफू कोरोना सङ्क्रमितको सम्पर्कमा आएकोले अलग्गिने निर्णयमा पुगेको राष्ट्रपति पुटिनले बताउनुभएको छ ।
राष्ट्रपति पुटिनले गत् अप्रिल महिनामा कोभिड १९ विरुद्धको घरेलु खोप स्पुतनिक भी लगाउनुभएको थियो । मङ्गलबार नै राष्ट्रपति पुटिनले सिरियाका राष्ट्रपति बसर अल–अशदसँग कुराकानी गर्दै राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?