logo
२०८० चैत्र १५ बिहीवार



चट्याङले उत्तरी पाकिस्तानमा कम्तीमा १४ को मृत्यु

अन्तर्राष्ट्रिय |


चट्याङले उत्तरी पाकिस्तानमा कम्तीमा १४ को मृत्यु
तस्विर-प्रतिनिधि


पेशावर, पाकिस्तान, भदौ २७ गते। पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ पर्दा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अरु तीन जना घाइते भएका अधिकारीहरुले आइतबार बताएका छन् ।
खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा भएको यो घटनाभन्दा पहिले उक्त क्षेत्रमा परेको मुसलधारे मनसुनी वर्षाका कारण ठाउठाउमा पहिरो जाँदा बुधबारदेखि धेरै क्षति पु¥याएको स्थानीय अधिकारीले बताएका छन् ।
प्रान्तीय प्रवक्ता कामरान बाङ्गाशले एएफपीसँग भन्नुभयो, “चट्याङका कारण सँगै रहेका दाजुभाईका दुईवटा घरहरूमा क्षति पुगेको र सो परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको थियो । मृतकहरूमा पाँच जना केटाकेटी र चार जना महिला रहेका उहाँले पुष्टि गर्नुभयो ।
सामान्यतया जूनदेखि सेप्टेम्बरसम्म चल्ने मनसुन भारतीय उपमहाद्वीपभरि बाली सिंचाई गर्न र पानीको आपूर्ति पुरा गर्न अत्यावश्यक छ, तर प्रत्येक वर्ष बर्षासँगै आउने बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपका कारण भारत, पाकिस्तान लगायतका एशियाली मुलुकमा ठूलो मानवीय तथा भौतिक क्षति हुने गरेको छ ।
सन् २०१९ को नोभेम्बरमा भएको यस्तै घटनामा पाकिस्तानको थार मरुभूमिमा चट्याङका कारण करिब १८ जनाको मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?