logo
२०८० चैत्र १६ शुक्रवार



चीनको उत्तरी हेबेई प्रान्तमा कारखानामा निसास्सिएर छ जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


चीनको उत्तरी हेबेई प्रान्तमा कारखानामा निसास्सिएर छ जनाको मृत्यु
तस्विर-फाइल


शिचियाझुआङ, भदौ २६ गते।
स्थानीय अधिकारीहरूका अनुसार उत्तर चीनको हेबेई प्रान्तको बाओडिङ शहरको एउटा कारखानामा शनिबार निसासिएर छ जनाको मृत्यु भएको छ । दिउसो करिब तीन बजको समयमा हेबेईको ग्रामिण क्षेत्र सुशुई जिल्लास्थित दासिन झुवान गाउमा उक्त घटना भएको हो । अधिकारीका अनुसार डाउन ज्याकेट कारखानामा काम गर्ने मजदुरले कारखानाबाट निस्केको पानी फाल्ने पम्प पम्प जाँच गर्ने क्रममा बेहोस भएका र उनलाई उद्धार गर्न खोज्दा अरू थुप्रै बेहोस भएका थिए ।

घटनापछि जिल्ला सरकारद्वारा पठाएको उद्धार टोली घटनास्थल पुगी उद्धार गरेपनि एक व्यक्तिलाई मात्र जोगाउन सकिएको अरू छ जनाको मृत्यु भएको जिल्ला प्रशासनले बताएको छ । दुर्घटनाको कारणबारे छानविन भइरहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?