logo
२०८० चैत्र १५ बिहीवार



लिबियाका पूर्व राष्ट्रपतिका छोरा सादी कद्दाफी टर्कीमा

अन्तर्राष्ट्रिय |


लिबियाका पूर्व राष्ट्रपतिका छोरा सादी कद्दाफी टर्कीमा
तस्विर-फाइल


इस्तानबुल, भदौ २५ गते।
सन् २०११ को विद्रोहमा मारिएका लिबियाका तत्कालिन राष्ट्रपति माहमर कद्दाफीका छोरा सादी काद्दाफी जेलबाट मुक्त भएपछि टर्की पुगेको उहाँका प्रवक्ता मोसा इब्राहिमले पुष्टि गर्नुभएको छ । कद्दाफी शासन कालमा शक्तिशाली शासक मानिने ४७ वर्षीयका सादी आफ्नो खेलकूदका लागि चिनिनुहुन्थ्यो । इटालीमा केही समय पेशेवर फुटबलरको रूपमा खेलेका सादी सन् २०११ को नेटो सैनिक गठबन्धनको समर्थनमा भएको विद्रोहपछि नाइजरतर्फ पलायन हुनुभएको थियो । उहाँलाई नाइजर सरकारले पक्राउ गरी सन् २०१४ मा लिबियालाई सुपुर्दगी गरिएको थियो ।

उहाँलाई गद्दाफीका पूर्व मन्त्री र गुप्तचर प्रमुख अहमद रमजान लगायतका अन्य धेरै कैदीहरूसँग रिहा गरिएको थियो ।

सुरुमा लिबियाली सञ्चारमाध्यमले गद्दाफी टर्की पुगेको जानकारी दिएका भए पनि टर्कीको विदेश मन्त्रालयले शुक्रबार एएफपीलाई इस्तानबुलमा सादीको उपस्थितिबारे ‘केही थाहा नभएको’ बताएको थियो ।

“इजिप्ट, साउदी अरब र टर्कीले सादीलाई स्वागत गर्ने बताएकासादीका प्रवक्ताको भनाइ उद्धृत गरी विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१४ पछि त्रिपोलीको जेलमा थुनिएका सादीविरूद्ध सन् २०११ को अरब आन्दोलनमा प्रजातन्त्रका लागि भएका प्रदर्शनमा सहभागीहरूविरुद्ध अपराध गरेको र २००५ मा लिबियाका फुटबल प्रशिक्षक बासिर अल–रायनीको हत्याको आरोप लगाइएको थियो ।

अप्रिल २०१८ मा रायानीको हत्याको अभियोगमा पुनरावेदन अदालतले उहाँलाई सफाइ दिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?