logo
२०८१ बैशाख १३ बिहीवार



अमेरिकामा एक लाख ४७ हजार सङ्क्रमित थपिए, एक हजार ५७९ जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


अमेरिकामा एक लाख ४७ हजार सङ्क्रमित थपिए, एक हजार ५७९ जनाको मृत्यु
तस्विर-फाइल


वासिङ्टन, भदौ २५ गते।
संयुक्त राज्य अमेरिकामा पछिल्लो २४ घण्टामा एक लाख ४७ हजार ८१६ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । कोभिडका कारण यो अवधिमा एक हजार ५७९ जनाको मृत्यु भएको छ ।
न्यूयोर्क टाइम्सका अनुसार अमेरिकामा सङ्क्रमित सङ्ख्यामा औसतमा दैनिक पाँच प्रतिशत कमी आएको छ । अमेरिकामा हाल सम्म कूल छ लाख ५६ हजार ४ सय ४७ जनाको निधन भएको छ भने दुई हप्तामा औसतमा २८ प्रतिशतले मृत्यु घटेको बढेको छ ।
सेप्टेम्बर ९ को तथ्याङ्क अनुसार एक लाख ६१० जना कोरोना संक्रमितहरू अस्पतालमा भर्ना भएका छन् । अस्पताल भर्ना हुने दरमा एक प्रतिशतले वृद्धि भएको छ भने हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या चार करोड सात लाख ३८ हजार २९ पुगेको छ ।
देशभर एक दिनमा १६ लाख १२ हजार २५२ जनाले कोरोना जाँच गराएका थिए भने जाँच गराउने सङ्ख्या दरमा १७ प्रतिशतको वृद्धि भएको छ ।अमेरिकामा कूल जनसङ्ख्यामा पूर्ण खोप लगाउनेको सङ्ख्या ५३।४ प्रतिशत पुगेको छ भने एक मात्रा खोप लगाउनेको सङ्ख्या ६२।७ प्रतिशत पुगेको छ ।
किशोर तथा वयस्क अर्थात् १८ बर्ष भन्दा माथिको समूहमध्ये कम्तीमा पनि एक मात्रा खोप लगाउनेको सङ्ख्या ७५.३ प्रतिशत छ । यहाँ दुवै खोप अर्थात् पूर्ण खोप ६४.५ प्रतिशतले लगाई सकिएको छ ।
अमेरिकामा हाल सम्म तीन करोड १७ लाख ४४ हजार ९५९ जना कोरोनामुक्त भएका छन् । अमेरिकामा ६५ बर्षभन्दा माथिको उमेरकालाई कम्तीमा एक मात्रा खोप ९२.६ प्रतिशत र पूर्ण खोप ८२.२ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।
अमेरिकामा हालसम्म ४५ करोड २७ लाख ८१ हजार १ सय ९५ खुराक खोप आपूर्ति गरि सकिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?