logo
२०८१ बैशाख ८ शनिवार



इन्डोनेसियाको जेलमा भएको आगलागीमा परी ४४ जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


इन्डोनेसियाको जेलमा भएको आगलागीमा परी ४४ जनाको मृत्यु
तस्विर-फाइल


जकार्ता, भदौ २५ गते।
इन्डोनेसियाको एक जेलमा भएको आगलागीमा परी मुत्यु हुनेको सङ्ख्या ४४ पुगेको बताइएको छ । इन्डोनेसियाको राजधानी जकार्तानजिकैको तांगेराब भन्ने नगरमा रहेको एक जेलमा गत बुधबार आगलागी भएको इन्डोनेसियाको कानून तथा मानवअधिकार मन्त्रालयले जानकारी दिएको हो ।
बुधबार भएको त्यस आगलागीमा परी तत्काल ४१ जनाको निधन भएको थियो । आगलागीमा परी घाइते भएकालाई अस्पतालमा राखिएको छ । अस्पतालमा रहेकामध्ये बिहीबार थप तीन जनाको मृत्यु भएपछि यो सङ्ख्या ४४ पुगेको बताइएको छ । सो आगलागीमा परेर घाइते भएकामध्ये अझै केहीको उपचार भइरहेको र केही गम्भीर अवस्थामा रहेका सो मन्त्रालयले जनाएको छ । आगलागीको कारण थाहा नभएको र त्यस विषयमा अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?