logo
२०८१ बैशाख ५ बुधवार



बेलारुसका विपक्षी नेतालाई ११ बर्षको कैद सजाय

अन्तर्राष्ट्रिय |


बेलारुसका विपक्षी नेतालाई ११ बर्षको कैद सजाय
तस्विर-ओन्टभासेस


मिन्स्क, बेलारूस, भदौ २२ गते।
बेलारुसका विपक्षी नेतालाई ११ बर्ष कैद सजाय सुनाइएको छ । बेलारुसको अदालतले उक्त फैसला सुनाएको हो । सेप्टेम्बर ६ सोमबारका दिन उक्त फैसला सुनाउँदै बिपक्षी नेता मारिया कोलेसनिकोभालाई ११ बर्षको कैद सजाय सुनाइएको छ ।
कोलेसनिकोभाले राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोबिरूद्ध सामूहिक सडक प्रदर्शनको नेतृत्व गर्नुभएको थियो । गत बर्ष सम्पन्न निर्वाचनमा धाँधली गरेको भन्दै विरोध गर्दै आएका उहाँलाई सरकारविरूद्ध कठोर बनेको र राष्ट्रिय हितविपरित काम गरेको अभियोग लगाइएको थियो ।
कोलेस्निकोवा र अर्का विपक्षी नेता म्याक्सिम नाकलाई राजधानी मिन्स्कमा बन्द ढोका पछाडि आयोजित एक सुनुवाईमा चरमपन्थी र ‘असंवैधानिक तरीकाले राज्य सत्ता कब्जा गर्ने’ षडयन्त्र गरेको आरोप लगाइएको छ ।” लुकाशेन्कोको सरकारको विरोधीहरुद्वारा गठित समन्वय परिषद्को एक प्रमुख सदस्य नाकलाई पनि १० बर्ष जेल सजाय सुनाइएको छ । कोलेस्निकोवा, एक संगीतकारबाट राजनीतिमा आउनुभएको हो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?