logo
२०८१ बैशाख ४ मंगलवार



अफगानिस्तानको अन्तरिम सरकारको नेतृत्व तालिबान नेता अखुन्दले गर्ने

अन्तर्राष्ट्रिय |


अफगानिस्तानको अन्तरिम सरकारको नेतृत्व तालिबान नेता अखुन्दले गर्ने
तस्विर-फाइल


काबुल, भदौ २२ गते। अफगानिस्तानको अन्तरिम सरकारको नेतृत्वमा तालिबान नेता मुल्ला मोहम्मद हसन अखुन्द चयन गरिएको तालिबान समूहले घोषणा गरेको छ । उक्त समूहका मुख्य प्रवक्ता जबीहुल्ला मुजाहिदले सरकारको नेतृत्व नेता अखुन्दले गर्ने जानकारी मङ्गलबार पत्रकार सम्मेलनमार्फत् दिएको हो ।
अमेरिकी सेनाको नेतृत्वको गठबन्धन सेनाको बहिर्गमन प्रक्रिया सुरू भएसँगै अगस्ट १५ मा तालिबानले देशका प्राय सबै प्रान्तसहित राजधानी काबुल आफ्नो नियन्त्रणमा आएको जनाएको थियो । बाँकी एकदुई दिनमा अन्य मन्त्री र उच्च पदस्थ अधिकारीहरूको चयन भइसक्ने तालिबान नेताहरूले बताएका छन् । अफगानिस्तानमा आफ्नो युद्ध समाप्त भएको जनाएको २४ घण्टाभित्रै तालिबान समूहले अन्तरिम सरकारको नेतृत्व चयन गरेको हो ।
उक्त समूहले आफ्नो दलको उपनेतामा तालिबानका सहसंस्थापक अब्दुल गनी बराडरलाई चयन गरेको छ भने अमिर खान मुत्ताकीलाई अन्तरिम विदेश मन्त्रीमा चयन हुनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?