logo
२०८१ बैशाख ११ मंगलवार



‘दश लाख अफगान बालबालिकालाई मानवीय सहयोगको खाँचो’

अन्तर्राष्ट्रिय |


‘दश लाख अफगान बालबालिकालाई मानवीय सहयोगको खाँचो’
तस्विर–एएफपी


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ९ गते । संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय बालबालिका आपातकालीन कोष(यूनिसेफ)ले दश लाख अफगान बालबालिकालाई अबिलम्ब मानवीय सहयोगको खाँचो रहेको जनाएको छ । यूनिसेफ अफगानिस्तानले यस प्रकारको खाँचो औल्याइरहँदा विश्व खाद्य कार्यक्रमले भने अफगानिस्तानलाई २० करोड अमेरिकी डलर बराबरको खाद्यको आवश्यकता रहेको जनाएको छ ।
यूनिसेफले भनेको छ, “हजारौं बालबालिका मानवीय सहयोगमै आश्रित रहेका छन् यद्दपी खाद्य अभाबमा बालबालिकामा कुपोषणको समस्या देखा पर्न सक्छ ।” विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक देविड बिस्लेले एक करोड ४० लाख अफगान खाद्य असुरक्षाको चपेटामा रहेको बताउनुभयो । जुन अफगानिस्तानको कुल जनसंख्याको एक तिहाइ हो । वर्षौको खडेरी, युद्ध र आर्थिक मन्दीले अफगानिस्तान अहिलेको अवस्थामा आइपुगेको उहाँले बताउनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?