logo
२०८१ बैशाख १३ बिहीवार



अप्रिल–जूनमा दक्षिण अफ्रिकामा हत्या र बलात्कारमा वृद्धि -प्रहरी

अन्तर्राष्ट्रिय |


अप्रिल–जूनमा दक्षिण अफ्रिकामा हत्या र बलात्कारमा वृद्धि -प्रहरी
तस्विर-रोयटर्स


जोहानेसवर्ग, भदौ ४ गते।
दक्षिण अफ्रिकामा हत्या र बलात्कारका घटना अप्रिल–जूनको तीन महिनामा गत बर्ष सोही अवधिको तुलनामा उच्च रहेको दक्षिण अफ्रिकाको प्रहरीले शुक्रबार सार्वजनिक तथ्याङ्कमा बताएको छ । देशले कोरोनाभाइरसको गम्भीर सङ्कट झेल्दै गरेका समय हत्या र बलात्कारका घटना बढ्नु गलत सङ्केत भएको प्रहरीको भनाइ रहेको छ ।
तीन महिनाको दौडान कम्तीमा पनि १० हजार बलात्कार र पाँच हजार ७०० हत्याको रेकर्ड गरिएको छ । यो गत वर्षको जूनपछि ६० प्रतिशतभन्दा बढीले वृद्धि हो । अहिलेको यो सङ्ख्याले सन् २०१९ को महामारीपूर्वको स्तरको एक प्रतिशतभन्दा कम वृद्धि देखाउँछ ।
प्रहरीमामिला मन्त्री भेकी सेलेले प्रिटोरियामा टेलिभिजनमार्फत् दिएको जानकारीमा भन्नुभयो, “यद्यपि यो दोहोरो अङ्कको वृद्धिले देशको समग्र वास्तविक तस्वीर झल्काउने भने छैन किनभने त्यसलाई लकडाउन र आवतजावतमा लगाइएको प्रतिबन्धको असामान्य अवधिसँग तुलना गरिएको छ ।” महामारी पूर्वको स्तरको तुलनामा उक्त दर ०।६ प्रतिशत बढी भएको उहाँले बताउनुभयो ।

समीक्षा गरिएको अवधिका समय महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाको समय कम गरिएको थियो भने स्थानीयस्तरमा मानवीय आवतजावतमा निकै खुकुलो बनाइसकिएको थियो । दक्षिण अफ्रिका विश्वमा हिंसात्मक गतिविधि धेरै हुनेमध्ये एक हो यहाँको हत्या दर निरन्तर बढिरहेको छ । सन् २०१९÷०२० मा, यस देशमा २१ हजारभन्दा बढी हत्याहरू भएका थिए जुन गत अघिल्लो वर्षभन्दा १।४ प्रतिशतले बढी हो ।

“प्रहरीले गरेको चार हजार नमुनामध्ये वैचारिक भिन्नता, गलत बुझाई र घरेलु तथा सडकजन्य झडप नै हत्याका समग्र कारक रहनेगरेको पाइन्छ,” तथ्याङ्कशास्त्री तथा प्रहरी मेजर–जनरल थुलारे सेखुखुनियाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?