logo
२०८१ बैशाख १३ बिहीवार



चीनले तीन सन्तान नीतिलाई औपचारिकता दियो

अन्तर्राष्ट्रिय |
समाज |


चीनले तीन सन्तान नीतिलाई औपचारिकता दियो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ४ गते । चीनले जन्मदर बढाउन दम्पत्तीले तीन सन्तान जन्माउन पाउने अनुमतिसहित ऐनलाई संशोधन गरेको छ । चीनको वरिष्ठ कानून निमार्ताको थलो ‘द नेशनल पिपुल्स कँग्रेस’बाट शुक्रबार उक्त ऐन संशोधन गरिएको बीबीसीले उल्लेख गरेको छ ।
चीनले गत् मई महिनामा नै तीन सन्तान जन्माउन पाउने नीति ल्याउन लागेको घोषणा गरेको थियो । उक्त निर्णयलाई अब कानूनी रुप दिइएको छ । कानूनमा सामाजिक सुधार शुल्क हटाइएको छ । सामाजिक सुधार शुल्कले तोकिएको भन्दा बढी सन्तान जन्माउँदा दम्पतीमाथि लगाइने जरिवाना शुल्क हो । कानूनमा अब सुत्केरी विदा, महिलाको पेशाको अधिकार र बालबालिका हेरचाह पूर्बाधारमा सुधार गर्ने उल्लेख गरिएको छ ।
हालै जारी गरिएको जनसंख्या प्रतिवेदनले जन्म दरमा उल्लेख्य कमी आएको देखिएको थियो । सन् २०१६ मा मात्रै चीनले एक सन्तान नीतिलाई परिमार्जन गरी दुई सन्तानको अवधारणा ल्याएको थियो । यद्दपी जन्म दर उल्लेख्य प्रगति देखिएन । चिनियाँ शहरहरुमा सन्तान भरणपोषणका लागि लाग्ने खर्च चिनियाँ दम्पत्तीलाई चिन्तित बनाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?