logo
२०८० चैत्र १५ बिहीवार



रइसी र म्याक्रोँबीच फोनवार्ता

अन्तर्राष्ट्रिय |


रइसी र म्याक्रोँबीच फोनवार्ता
तस्विर-फाइल


तेहरान, साउन २५ गते। इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसीले सोमबार आफ्ना फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोँलाई सन् २०१५ को आणविक सम्झौतालाई पुनर्जीवित गर्न विश्वशक्तिहरुसँग भएको वार्ताले तेहरानको ‘अधिकार’ को प्रत्याभूत गर्नुपर्ने बताउनुभएको छ ।

इरानी राष्ट्रपतिको वेबसाइटका जारी विज्ञप्तिका अनुसार राइसीले एक घण्टा लामो फोनमा इरानको आणविक सम्झौता र इरानमाथि अमेरिका तथा उसका सहयोगीहरूले लगाएको आर्थिक नाकाबन्दीबारे कुराकानी भएको थियो । वित्रप्तिमा थप भनिएको छ, “भविष्यमा हुने कुनै पनि वार्ताले इरानी जनताको अधिकारलाई सम्बोधन गर्नुपर्छ र इरानको राष्ट्रिय हित सुनिश्चित गर्नुपर्छ ।”

एलिसीका अनुसार म्याक्रोँले इरानलाई रायसीसँगको वार्तामा ’विलम्ब नगरी’ आणविक उल्लङ्घनका घटना रोक्न आग्रह गर्नुभएको थियो ।

सन् २०१५ मा इरानले विश्वशक्ति राष्ट्रहरूसँग गरेको आणविक सम्झौतामा इरानले आणविक मोहलाई त्याग्ने र बदलामा अमेरिका लगायतका यूरोपेली मुलुकले इरानमाथि लगाएको आर्थिक प्रतिबन्ध अन्त्य गर्ने सहमति भएको थियो ।

सम्झौता अमेरिकाको पक्षमा नभएको भन्दै तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरानसँगको आणविक सम्झौता मान्न नसक्ने बताउनुभएको थियो । उहाँको उक्त घोषणासँगै अमेरिका सम्झौताबाट फिर्ता भएको थियो भने इरानले पनि आणविक सम्झौतामा गरिएका प्रतिवद्धतालाई क्रमशः तोड्दै गएको थियो ।

पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको पहलमा भएको वार्तालाई ट्रम्प प्रशासनले अमान्य भने पनि वर्तमान् अमेरिकी राष्ट्रपति जो बाइडेन भने नयाँ सम्झौता गर्न इरानसँग केही लचिलो हुनसक्ने अनुमानहरू गरिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?