logo
२०८० चैत्र १६ शुक्रवार



‘हवाना सिन्ड्रोम’बारे अझै पनि अमेरिकी अधिकारी ‘अनिश्चित’

अन्तर्राष्ट्रिय |


‘हवाना सिन्ड्रोम’बारे अझै पनि अमेरिकी अधिकारी ‘अनिश्चित’
तस्विर-सांकेतिक


वासिङटन, साउन २५ गते।
विभिन्न मुलुकका कूटनीतिज्ञलाई विरामी बनाएको भन्ने ‘हवाना सिन्ड्रोम’ को कारण के हो भन्ने बारे अमेरिका अझै अनिश्चित रहेको गुप्तचर प्रमुख अव्रिल हाइन्सले सोमबार बताउनुभएको छ । यस विषयमा छलफल गर्न उहाँले शुक्रबार क्याबिनेटका उच्च पदाधिकारी र अन्य विज्ञहरुसँग भेटवार्ता गरेको राष्ट्रिय गुप्तचरका निर्देशकले बताउनुभयो । ‘हवाना सिन्ड्रोम’ को कारण रूसी वा क्युबा, चीन र अन्य मुलुकका अमेरिकी कूटनीतिज्ञलाई शारीरिक रुपमा हानी पु¥याउन सोनिक वा अन्य उच्च तीव्रताका विद्युतीय उपकरण प्रयोग गरेको हुनसक्ने आरोप लगाइएको छ ।
“हवानामा भएको पहिलो घटनाको पाँच वर्षपछि पनि चिकित्सा विशेषज्ञहरू, गुप्तचर समूह र अमेरिकी अधिकारीहरू अमेरिकी कूटनीतिज्ञहरू र उनीहरूका परिवारलाई प्रभावित गर्ने ‘विसंगत स्वास्थ्य घटनाहरू’ (एएचआई)को कारणबारे अनिश्चित रहेका छन्,” हाइन्सले सञ्चारमाध्यमहरूसँगको कुराकानीमा सङ्केत गर्नुभयो ।

‘एएचआईको कारण पत्ता लगाउन, प्रभावितहरूलाई उच्च स्तरको हेरचाह प्रदान गर्न र त्यस्ता घटनाहरूलाई निरन्तरता दिनबाट रोक्नु सर्वोच्च प्राथमिकता भएको’ बैठकमा सर्वसम्मत निर्णय भएको उहाँले बताउनुभयो ।

रक्षा मन्त्रालय, विदेश मन्त्रालय, अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, गृहमन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयका अधिकारी सम्मिलित संयुक्त प्राज्ञिक सामुदायिक परिषद्को शुक्रबारको बैठकमा पनि यसबारे छलफल भएको थियोे ।

एएचआईबाट प्रभावित कूटनीतिज्ञहरूले हालैका वर्षहरूमा सरकारले आफ्ना लक्षणहरूको कारण वा स्रोत पत्ता लगाउन कडा परिश्रम नगरेको आरोप लगाएका छन् ।

सन् २०१६ मा क्युबामा अमेरिकी कूटनीतिज्ञ तथा उनीहरूका परिवारले रातिमा अस्वभाविक आवाज सुन्ने गरेको र यसका कारण नाकबबाट रगत बग्ने, माइग्रेन र वाकवाक लाग्नेजस्ता समस्या आउको गुनासो गरेका थिए । त्यसबेलादेखि चीन, रूस र संयुक्त राज्य अमेरिकाभित्रका अमेरिकी अधिकारीहरूले पनि यस्तै गुनासो गरेका बताइउको छ ।

जुलाईमहिनामा राष्ट्रपति जो बिडेनले यस वर्ष कार्यभार ग्रहण गरेदेखि लगभग दुई दर्जन अमेरिकी गुप्तचर अधिकारी, कूटनीतिज्ञ तथा अस्ट्रियाका अन्य सरकारी अधिकारीहरूले ‘हवाना सिन्ड्रोम’ जस्तै समस्याहरूको रिपोर्ट गरेका छन् भनी ‘न्यू योर्कर’ले जुलाईको एक अङ्कमा उल्लेख गरेको छ ।

कथित आक्रमणहरूको अध्ययन गर्न चिकित्सा तथा वैज्ञानिक विशेषज्ञहरूको परिचालन गरेको र प्रभावित व्यक्तिहरूको पीडा बुझ्ने प्रयास गर्न विस्तृत रूपमा परीक्षण गरिएको अमेरिकाले बताएको छ ।

हाइनको बयानमा सङ्केत गरेअनुसार कुनै निष्कर्ष नपुगे तापनि तिनीहरूले समस्याको रिपोर्टलाई गम्भीरतापूर्वक लिइरहनेछन् । सहभागीहरूले ‘एएचआईबाट प्रभावित व्यक्तिहरूलाई विश्वास, सुन्ने र सम्मान गर्ने सुनिश्चित गर्न समर्थन गर्ने’ उहाँले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?