logo
२०८१ बैशाख १३ बिहीवार



पाकिस्तानमा कोभिड सङ्क्रमितको मृत्यु दर नौ प्रतिशतभन्दा बढी

अन्तर्राष्ट्रिय |


पाकिस्तानमा कोभिड सङ्क्रमितको मृत्यु दर नौ प्रतिशतभन्दा बढी
तस्विर-फाइल


इस्लामाबाद, साउन २१ गते।
करिब तीन महिनापछि बिहीबार गरिएका परीक्षणले कोभिड सङ्क्रमण दर नौ प्रतिशत भन्दा बढी देखाएपछि पाकिस्तानमा कोरोनाभाइरस स्थिति खराब बन्दै गएको पुष्टि भएको छ ।
पाकिस्तानी समाचार संस्था न्यूज इन्टरनेशनलका अनुसार पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमूनामा पाकिस्तानको कोभिड–१९ सङ्क्रमितको दर ९.०६ प्रतिशत रहेको छ ।
‘नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर’ ९एनसीओसी० कोे तथ्याङ्कअनुसार उक्त अवधिमा कम्तीमा ६२ हजार ४६२ व्यक्तिको रगतको नमूनामार्फत् कोभिड–१९ परीक्षण लिइएको थियो । पाकिस्तानमा यो भाइरसको चौथो लहर फैलिरहँदा दैनिक सङ्क्रमित, मृत्यु र हाल सक्रीय बिरामीको सङ्ख्यामा तीव्र वृद्धि भएको तथ्याङ्कले देखाएको छ । यो २४ घण्टाको अवधिमा पाकिस्तानमा कोभिड–१९ सङ्क्रमित ६० जनाको मृत्यु भएको छ र यससँगै पाकिस्तानमा कोभिड–१९ सङ्क्रमित २३ हजार ६३५ जनाको मृत्यु भएको छ ।
देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या ७७ हजार ४०९ रहेको भने हालसम्म १० लाख ५३ हजार ६६० व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यिमध्ये नौ लाख ५२ हजार ६१६ जना निको भइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?