logo
२०८० चैत्र १६ शुक्रवार



अफगानिस्तानमा कार बम विष्फोटमा आठ जनाको मृत्यु, २० घाइते

अन्तर्राष्ट्रिय |


अफगानिस्तानमा कार बम विष्फोटमा आठ जनाको मृत्यु, २० घाइते
तस्विर–सांकेतिक


गोरखापत्र अनलाइन
काठमाडौं, साउन २० गते । अफगानिस्तानमा कार बम विष्फोटमा कम्तिमा आठ जनाको मृत्यु भएको छ । काबुलमा कार्यवाहक रक्षा मन्त्री जनरल विष्मिल्लाह मोहम्मदीको आवास नजिकै भएको विष्फोटमा एक महिलासहित आठ जनाको मृत्यु र २० जना घाइते भएको जनाइएको छ ।
विष्फोट मंगलबार राति करिब आठ बजे काबुल जिल्लाको शिर्पुर क्षेत्रमा भएको जनाइएको छ । टोलो न्यूजका अनुसार कार्यवाहक रक्षा मन्त्रीको आबास नजिकै लगाइएको एक कार बमलाई सुरक्षाकर्मीले निष्क्रिय पारेका थिए । लगत्तै चार जना बन्दूकधारी एक घरभित्र प्रबेश गरेर सुरक्षाकर्मीसँग भिडन्त गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?