logo
२०८१ बैशाख १३ बिहीवार



बेइजिङमा स्थानीयस्तरमा नै एक व्यक्ति सङ्क्रमित

अन्तर्राष्ट्रिय |


बेइजिङमा स्थानीयस्तरमा नै एक व्यक्ति सङ्क्रमित
तस्विर-गेट्टी इमेजेज


बेइजिङ, साउन १८ गते।
बेइजिङमा स्थानीयस्तरमा नै एक व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्थानीय प्रशासनले सोमबार जनाएको छ । स्थानीय अधिकारीहरूले बेइजिङमा समुदायबाटै सङ्क्रमित विरामी भेटिएपछि सङ्क्रमित क्षेत्रमा नागरिकहरूलाई साबधानी अपनाउन निर्देशन दिइसकेको छ ।
सोमबार सङ्क्रमण पुष्टि भएका व्यक्ति गत बुधबार सङ्क्रमण भेटिएका एक व्यक्तिको निकट सम्पर्कमा रहेको बताइएको छ । नयाँ सङ्क्रमित व्यक्ति र सङ्क्रमण क्षेत्रलाई स्वास्थ्यकर्मीले निकट अवलोकनमा राखेका छन् ।
बेइजिङका अधिकारीहरुले सरुवा रोग नियन्त्रण तथा रोकथाम महाशाखाको अगुवाईमा सङ्क्रमित भेटिएको स्थानमा अनुसन्धान र बृहत न्युक्लियक एसिड परीक्षण शुरु गरेको बताएका छन् । चीनमा आइतबार कोरोना भाइरसका ५५ जना नयाँ सङ्क्रमित भेटिएको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको थियो । ती व्यक्तिहरु चीन भित्रैबाट सङ्क्रमित भएका पाइएको बताइएको छ ।
जियाङ्सु, हुनान, लियानिङ लगायतका क्षेत्रमा समुदायभित्रैबाट सङ्क्रमित भेटिन थालेपछि आयोगले सतर्कता अपनाउन सम्बन्धित सबैलाई भनेको छ ।
ती क्षेत्रहरुमा विगतका केही दिनदेखि निरन्तर रुपमा नयाँ नयाँ संक्रमितहरु देखिने गरेका छन् । चीनभित्रै सङ्क्रमणका नयाँ सूचनाहरु आइरहेका ती अधिकारीहरुले जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?