logo
२०८० चैत्र १५ बिहीवार



कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ लाख आठ हजार नाघ्यो

अन्तर्राष्ट्रिय |


कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ लाख आठ हजार नाघ्यो
तस्विर-फाइल


बेइजिङ, साउन १६ गते।
कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ लाख आठ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४२ लाख आट हजार ५५५ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड ७३ लाख ६८ हजार ३१० जना रहेका छन । विश्वभर चार अर्ब चार करोड ९३ लाख १२ हजार २१२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । सो विश्वविद्यालयले जुलाई ३१ मा प्रकाशित गरेको विवरणअनुसार संयुक्त राज्य अमेरिकामा तीन करोड ४९ लाख ४६ हजार १९८ जना संक्रमित भएका छन् भने छ लाख १३ हजार १५ जनाको मृत्यु भएको छ । भारतमा तीन करोड १६ लाख १३ हजार ९९३ जना संक्रमित भएका छन् । चार लाख २३ हजार ८१० जना संक्रमितले भारतमा ज्यान गुमाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?