logo
२०८० चैत्र १६ शुक्रवार



चीनको हेनान प्रान्तमा बाढी ७३ व्यक्तिको मृत्यु

अन्तर्राष्ट्रिय |


चीनको हेनान प्रान्तमा बाढी ७३ व्यक्तिको मृत्यु
तस्विर-फाइल


झेङझाओ, चीन, साउन १३ गते।
मध्य चीनको हेनान प्रान्तमा व्यापक वर्षापछिको बाढी तथा डुबानका कारण बुधबार मध्याह्नसम्म कम्तीमा ७३ व्यक्तिको मृत्यु भएको प्रान्तीय सङ्टकालीन व्यवस्थापन विभागले जनाएको छ । गत जुलाई १६ बाट शुरु भएको व्यापक वर्षाको कारण १५० ओटा जिल्लाको एक करोड ३६ लाख व्यक्ति प्रभावित भएका बताइएको छ । व्यापक वर्षापछिको बाढीको कारण १४ लाख ७० हजार व्यक्तिलाई बाढी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको पनि समाचारमा जनाइएको छ ।

पिपुल्स लिबरेशन आर्मी ९पीएलए० केन्द्रीय थिएटर कमान्डले हजारौंको संख्यामा सैनिक, सशस्त्र प्रहरीलाई बाढीमा फसेको मानिसहरुलाई सुरक्षित रुपमा उद्धारको गर्नको पठाएको छ । झेङझाओको मौसम विभागले यस वर्षाको स्तरलाई एक हजार वर्षपछि आएको विपत्ति भनी वर्णन गरेको छ । हेनान प्रान्तभरी राहत वितरण र पुनः निर्माणको प्रयासहरु भइरहेको जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?