logo
२०८१ बैशाख ४ मंगलवार



“छिमेकीलाई पहिला” नीतिअन्तर्गत भारतले बङ्लादेशलाई अक्सिजन दियो

अन्तर्राष्ट्रिय |


“छिमेकीलाई पहिला” नीतिअन्तर्गत भारतले बङ्लादेशलाई अक्सिजन दियो
तस्विर-डेक्कन हेराल्ड


नयाँ दिल्ली, साउन १० गते।
भारतले “छिमेकीलाई पहिला” भन्ने नीतिअन्तर्गत बङ्गलादेशलाई अक्सिजन उपलब्ध गराएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भई गम्भीर बिरामी भएकाहरूलाई अक्सिजनको आवश्यकता पर्ने भएकाले उपलब्ध गराइएको बङ्गलादेशका अधिकारीहरूले बताएका छन् ।
अक्सिजनको उपलब्धताले कोरोनाभाइरसको महामारीविरुद्ध लड्न सहयोग पुग्ने विश्वाससमेत अधिकारीहरूले व्यक्त गरेका छन् । भारतको तर्फबाट छिमेकीलाई सहयोग गर्नुपर्छ भन्ने मान्यताका साथ अक्सिजन उपलब्ध गराइएको भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिनुभएको छ ।
“छिमेकीलाई पहिला भन्ने हाम्रो नीतिलाई हामीले फेरि प्रमाणित गरेका छौँ, त्यही नीतिअनुसार भारतले बङ्गलादेशलाई अक्सिजन उपलब्ध गराएको छ,” उहाँले ट्वीटरमा लेख्नु भएको छ । भारतीय रेल सेवा मार्फत २०० मेट्रिकटन तरल मेडिकल अक्सिजन ९एलएमओ० उपलब्ध गराइएको पनि उहाँले जानकारी दिनुभयो ।
दक्षिण एसियाली मुलुक बङ्गलादेशमा अहिलेसम्म ११ लाख ६४ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने १९ हजार २७४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार २९१ जना सङ्क्रमित भएको र २२८ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?