logo
२०८१ बैशाख १२ बुधवार



‘जेफ बेजोस र रिचर्ड ब्रान्सन अन्तरिक्ष यात्री होइन’

अन्तर्राष्ट्रिय |
बिज्ञान |


‘जेफ बेजोस र रिचर्ड ब्रान्सन अन्तरिक्ष यात्री होइन’
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ९ गते । अमेरिकाको संघीय उड्डयन प्रशासन(एफएए)ले अन्तरिक्ष यात्रीको परिभाषा परिवर्तन गरेको छ । नयाँ कानूनले अन्तरिक्ष यात्री हुने आकांक्षा बोक्ने उडान टोलिको हुनुपर्ने र अन्तरिक्ष यात्रा सुरक्षामा योगदान दिएको हुनुपर्ने परिभाषित गरेको छ । जस बमोजिम अमेरिकाको नजरमा जेफ बेजोस र सर रिचर्ड ब्रान्सन अन्तरिक्ष यात्रीको परिचय पाउनुहुने छैन् । सन् २००४ मा पहिलो पटक एफएएको कार्यक्रम सुरु भए यता कानूनमा बदलाब ल्याइएको यो पहिलो अबसर हो । ब्यवसायिक अन्तरिक्ष कार्यक्रमको अद्यावधिक कानून मंगलबार मात्रै सार्बजनिक गरिएको छ । जेफ बेजोस मंगलबार नै अन्तरिक्षको यात्रा गर्नुभएको थियो ।
ब्यवसायिक अन्तरिक्ष यात्रीले कम्तिमा पृथ्वीको सतहमाथि कम्तिमा ८० किलोमिटर यात्रा गरेको हुनुपर्छ । जुन दूरी बेजोस र ब्रान्सन दुबैजनाले तय गर्नुभएको छ । तर उचाई अतिरिक्त सर्वसाधारणको सुरक्षा प्रत्याभूत गर्ने गतिबिधि यात्रीले देखाउनुपर्ने महत्वपूर्ण रहेको एफएएले जनाएको बीबीसीले उल्लेख गरेको छ ।
यसप्रकारको यात्रामा अन्तरिक्ष यात्रीको रुपमा परिभाषित हुन एफएएसँग अनुमति लिएको समेत हुनुपर्छ । अमेरिकामा नासा र अमेरिकी सेनासँग अनुमति समेत लिन सकिने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?