logo
२०८१ बैशाख १३ बिहीवार



अष्ट्रेलियाको सङ्घीय राजधानीमा सङ्कटकाल घोषणा

अन्तर्राष्ट्रिय |


अष्ट्रेलियाको सङ्घीय राजधानीमा सङ्कटकाल घोषणा
तस्विर–बिजनेश स्टयान्डर्ड


सिड्नी, असार ८ गते।
अष्ट्रेलियाको सङ्घीय राजधानी सिड्नीमा सङ्कटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्यूनीकरण गर्नका लागि शुक्रबार सङ्कटकाल घोषणा गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
केन्द्रीय राजधानी समेत पर्ने न्यु साउथ वेल्स प्रदेश सरकारले महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै सङ्क्रमण पुष्टि भएपछि सङ्कटकाल लगाउने निर्णय गरेको हो ।

प्रदेश सरकारका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने १३६ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो सङ्ख्या अहिलेसम्मकै धेरै भएको बताइएको छ ।प्रदेश मुख्यमन्त्री ज्लाडीस बेरेजिक्लीयनले प्रदेश भित्रका सवैलाई खोपको व्यवस्थापन गर्न आग्रह गर्नुभएको थियो ।
राजधानी सिड्नीमा एक महिना अगाडिदेखि लकडाउन जारी छ । लकडाउन हुँदा हुँदै पनि महामारी कम नभएपछि सङ्कटकाल लगाउनुपरेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप