logo
२०८० चैत्र १५ बिहीवार



इक्वेडरका दुई जेलमा भएको दङ्गामा परी कम्तीमा आठको मृत्यु

अन्तर्राष्ट्रिय |


इक्वेडरका दुई जेलमा भएको दङ्गामा परी कम्तीमा आठको मृत्यु
तस्विर-गेट्टी इमेजेज


किटो,साउन ७ गते।
इक्वेडरको दुई जेलमा भएका दङ्गामा परी कम्तीमा आठ जना कैदीको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । उक्त घटनामा अन्य २० जना घाइते भएका बताइएको छ । घाइतेहरुमा तीन प्रहरी अधिकारी रहेका जनाइएको छ ।

दक्षिणपश्चिमी प्रान्त गुआस अवस्थित एक जेलमा भएका हिंसामा आठ कैदी मारिए र दुई प्रहरी अधिकारी घाइते भएका छन् । एन्डियन प्रान्तको कोटोपाक्सीमा भएको उक्त झडपमा करिब २० मानिस घाइते भएको एसएनएआई जेलका व्यवस्थापन टोलीले पुष्टि गरेका छन् ।

इक्वेडरमा यसपहिले गत फेब्रुअरीमा पनि दुई जेलमा हिंसात्मक दङ्गा भएका थिए । देशको मुख्य कारागारमा प्रतिस्पर्धी प्रतिद्वन्द्वी समूहबीच झडपमा परी एकै दिनमा ७९ जना कैदीको मृत्यु भएको थियो। इक्वेडरको जेलमा क्षमताभन्दा बढी कैदीहरू रहेका हुनाले यहाँ सधै समस्या हुने गरेको पाइन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?