logo
२०८१ बैशाख १२ बुधवार



दक्षिण कोरियामा हालसम्मकै उच्च सङ्क्रमित

अन्तर्राष्ट्रिय |


दक्षिण कोरियामा हालसम्मकै उच्च सङ्क्रमित
तस्विर–रोयटर्स


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ६ गते । दक्षिण कोरियामा चौबीस घण्टामा थपिने सङ्क्रमित हालसम्मकै उच्च पाइएको छ । गएको चौबीस घण्टामा दक्षिण कोरियामा एक हजार ७८४ सङ्क्रमित पुष्टि भएको छ ।
सञ्चार संस्था ‘प्रेस ट्रष्ट अफ इन्डिया’का अनुसार दक्षिण कोरियामा पहिचान गरिएका नयाँ सङ्क्रमितसँगै कोरोनाका कुल सङ्क्रमित एक लाख ८२ हजार २६५ पुगेको छ । दक्षिण कोरियामा हालसम्म दुई हजार ६० जना सङ्क्रमितको ज्यान गएको छ ।
गएको दुई साता यता दक्षिण कोरियामा दैनिक एक हजारभन्दा बढी सङ्क्रति थपिएका छन् । सङ्क्रमितमध्ये अधिकांश कोभिड १९ को डेल्टा स्वरुपका छन् । राजधानी सोलको उच्च जनसांख्यिक चाप रहेको क्षेत्रमा सङ्क्रमितको पहिचान गरिएकोले अधिकारीहरुले चिन्ता जनाएका छन् ।
दक्षिण कोरियाली प्रधानमन्त्री किम बू–क्यूमले सङ्क्रमित थपिदै जानु गम्भिर विषय भएको बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?