logo
२०८१ बैशाख १४ शुक्रवार



विश्वभर तीन अर्ब ६० करोड १८ लाख ५६ हजार २९५ डोज खोप लगाइयो

अन्तर्राष्ट्रिय |


विश्वभर तीन अर्ब ६० करोड १८ लाख ५६ हजार २९५ डोज खोप लगाइयो
तस्विर-फाइल


बाल्टिमोर,मेरील्याण्ड, साउन ३ गते।
विश्वभर तीन अर्ब ६० करोड १८ लाख ५६ हजार २९५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् । चीनमा एक अर्व ४३ करोड ७६ लाख २३ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ४० करोड ४९ लाख ३१ हजार ७१५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
अमेरिकामा ३३ करोड ६० लाख ७१ हजार ६४० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा ११ करोड ६४ लाख ८१ हजार ५२ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ । जर्मनी ८ करोड ५६ लाख १५ हजार ४३० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । बेलायतमा ८ करोड २६ लाख ४९ हजार ३३१ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।
जापान ६ करोड ६७ लाख १४ हजार ५२८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । फ्रान्समा ६ करोड ३३ लाख १९ हजार ८०५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । टर्कीमा ६ करोड २९ लाख ६४ हजार २४१ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली ६ करोड ११ लाख २ हजार ९८७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?