logo
२०८१ बैशाख १३ बिहीवार



कोभिड ‘प्रोटोकल’ तोड्दा बेलायतका स्वास्थ्य मन्त्रीले राजिनामा दिनुपर्यो

अन्तर्राष्ट्रिय |
समाज |


कोभिड ‘प्रोटोकल’ तोड्दा बेलायतका स्वास्थ्य मन्त्रीले राजिनामा दिनुपर्यो
तस्विर-बीबीसी


गोरखापत्र अनलाइन
काठमाडौं, असार १३ गते । बेलायतका स्वास्थ्य मन्त्री म्याट्ट हयानककले राजिनामा दिनुभएको छ । कोभिड मापदण्ड उल्लघंन गरेको भिडियो र फोटो सञ्चारमाध्यममा सार्बजनिक भएपछि तीब्र आलोचना भइरहँदा उहाँले पदबाट राजिनामा गर्नुभएको हो ।
प्रधानमन्त्री बोरिस जोनसनले उहाँको राजिनामा स्वीकृत गर्नुभएको छ । बीबीसीका अनुसार बेलायतको पत्रिका ‘द सन’ले हयानकक र जिना कोलाडाङ्गेलोलाई चुम्बन गरेको तस्विर र भिडियो सार्बजनिक गरेको थियो । उक्त समाचार प्रकाशन भएपछि हयानककको तीब्र आलोचना भएको थियो । दुबै जना बिवाहित छन् । पत्रिकाले गत् मई छ मा दुबैजनाको उक्त तस्विर र भिडियो स्वास्थ्य विभागमा लिइएको उल्लेख गरेको छ । प्रधानमन्त्री जोनसनले समेत राजिनामा गर्न उहाँलाई सुझाबसँगै दबाब दिनुभएको थियो ।
पूर्ब मन्त्री हयानककले मार्थासँगको १५ वर्षे वैवाहिक जिवनलाई अन्त्य गर्नुभएको छ । र जिनासँग उहाँ गम्भिर सम्बन्धमा हुनुहुन्छ । जिनाले समेत स्वास्थ्य बिभागको गैर कार्यकारी निर्देशक पदबाट राजिनामा गर्ने निर्णयमा पुगेको बताइएको छ । 
प्रधानमन्त्रीलाई लेखिएको राजिनापछि ट्वीटरमा उहाँले लेख्नुभएको छ, “म प्रधानमन्त्री कहाँ पुगेर स्वास्थ्य तथा सामाजिक हेरचाह मन्त्रीको पदबाट राजिनामा गरेको छु ।” “महामारीमा थुप्रैले अनेकौं त्याग गरेका छन् र कानून बनाउने हामी सबैले कानूनको पालना गर्नुपर्छ, त्यसैले मैले राजिनामा गरेको छु ।”– उहाँले अगाडि लेख्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?