logo
२०८० चैत्र १६ शुक्रवार



रेडियो मेलम्ची पुनः सञ्चालनका लागि सहयोग   

खुला |


रेडियो मेलम्ची पुनः सञ्चालनका लागि सहयोग   
सांकेतिक


काठमाडौँ, असार ११  गते । संरचना बस्ती सुधार समिति, तारकेश्वर नगरपालिका–६, काठमाडौंले रेडियो मेलम्ची पुनः सञ्चालनका लागि शुक्रबार रु. एक लाख १ हजार १ सय ११ सहयोग गरेको छ ।  यसैगरी नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिले रु. ५० हजार सहयोग हस्तान्तरण गरेको छ । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको हो । 

नगरप्रमुख अर्यालले नगरपालिकाका बाढी प्रभावितका लागि हालसम्म गरिएको कामबारे जानकारी दिनुभयो । महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टले संकटका बेला पनि सूचना प्रवाह गरिरहेको रेडियो मेलम्चीलाई पुनः स्थापना गर्न महासंघले सहयोग गर्ने वचन दिनुभयो ।

तारकेश्वर नगरपालिका वडा नं ६ का वडाध्यक्ष मधु कार्कीले रेडियोलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संरचना वस्ती सुधार समितिका सल्लाहकार पदमबहादुर खड्काले जिल्लामा रहेर निरन्तर सञ्चार कर्ममा लागिरहेको रेडियो मेलम्चीलाई सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्ने बताउनुभयो ।  

रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले रेडियोले हालसम्म व्यहोरेका संकट उल्लेख गर्दै रेडियो बाढीले पूर्णतः क्षति भएकाले पुनः स्थापनाका लागि सबैमा सहयोगका लागि आह्वान गर्नुभयो ।    
महासंघका जिल्ला अध्यक्ष जीवन श्रेष्ठले बाढी प्रभावित महासंघका सदस्य तथा पूर्वअध्यक्ष महेश श्रेष्ठलाई राहतस्वरुप रु. ५० हजार सहयोग हस्तान्तरण गर्नुभयो । अर्का सदस्य जगन्नाथ दुलाललाई पनि सहयोग गर्ने बताउनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?