logo
२०७८ श्रावण १६ शनिवार

दैनिक अध्यावधिक

image
2467

सङ्क्रमित

image
1816

निको भएका

image
27

मृत्यु भएका

मिति:श्रावण १५, २०७८ (१६:४२)
स्राेत:https://covid19.mohp.gov.np/



कोलोराडोमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


कोलोराडोमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु
तस्विर-एएफपी


लस एञ्जलस, असार ८ गते।
अमेरिकाको कोलोराडो राज्यको अर्वदा शहरमा सोमबार भएको गोलीकाण्डमा परेर तीन जना मारिएका छन् । अर्वदा शहरको प्रहरी विभागले ट्वीटमा उक्त जानकारी दिएको छ ।
अर्वदा शहरमा रहेको अर्वदा पुस्तकालयको नजिकमा एकजनाले गोली चलाएको थियो । त्यसमा परेर एकजना प्रहरी अधिकारीसहित तीन जनाको ज्यान गएको छ । प्रहरी विभागले सोमबार गरेको ट्वीटमा कोलोराडाको एक पुरानो शहर अर्वदामा हत्या काण्ड भएको र एकजना प्रहरी अधिकारी पनि मारिएको बताएको छ । ती प्रहरी अधिकारीको बारेमा उनका परिवारलाई सबैभन्दा पहिला खबर गरेर उनको पहिचान सार्वजनिक गरिने पनि सो ट्वीटमा उल्लेख गरिएको छ ।एकजना अज्ञात व्यक्तिले सो क्षेत्रमा गोली चलाएको थियो । त्यस क्रममा अर्का एकजनाको पनि ज्यान गएको छ ।

सो आक्रमणकारी पनि प्रहरीको प्रतिकारमा मारिएको बताइएको छ । गोली चलाउने व्यक्तिलाई प्रहरीले आक्रमण गरेको थियो । त्यस क्रममा अर्का एकजना प्रहरी पनि घाइते भएका बताइएको छ । के कति कारणले त्यस व्यक्तिले प्रहरीमाथि गोली चलाएको हो भन्ने बारेमा भने केही पनि बताइएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?