logo
२०८० चैत्र १५ बिहीवार



विश्वासको मत नपाएपछि स्वीडेनका प्रधानमन्त्री पदमुक्त

अन्तर्राष्ट्रिय |


विश्वासको मत नपाएपछि स्वीडेनका प्रधानमन्त्री पदमुक्त
तस्विर-बीबीसी


स्टकहोम, असार ७ गते।
संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त हुनुभएको छ । यद्यपि उहाँले अर्को सरकार निर्माण नहुँदासम्म कामचलाउ प्रधानमन्त्रीको रूपमा काम गर्नुहुनेछ । संसदमा सोमबार भएको मतदानका क्रममा बहुमत सदस्यहरूले उहाँलाई विदा गर्ने पक्षमा मत जाहेर गरेका थिए ।
मतदानमा सहभागीमध्ये १८१ जनाले अविश्वासको प्रस्तावको समर्थनमा मतदान गरेका थिए भने प्रस्तावको विपक्षमा र प्रधानमन्त्रीको पक्षमा भने १७५ जनाको मत परेको थियो । स्वीडेनको संसदमा अहिले ३४९ जना सांसद रहेका छन । तीमध्ये १०९ जना मतदान गरेका थिएनन् भने ५१ जना अनुपस्थित भएका थिए ।
स्वीडेनको संसदले लिएको यो निर्णयले विघटन हुने खतराबाट संसद जोगिएको छ । संसद विघटन भएको भए निर्धारित समयभन्दा एक बर्ष अगाडि नै आम निर्वाचनमा जानुपर्ने अवस्था आउने थियो ।
विपक्षीहरुले अविश्वासको प्रस्ताव पेश गरेपछि विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त हुने उहाँ स्वीडेनको पहिलो प्रधानमन्त्री हुनुभएको छ । बामपन्थी कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि लोफभेनको सरकार अल्पमतमा परेको हो ।
अर्पाटमेन्टका सम्वन्धमा भएको विवादका कारण उनीहरुले समर्थन फिर्ता लिएका थिए । समर्थन फिर्ता नलिनका लागि प्रधानमन्त्री लोफभेनले पटक पटक आग्रह गर्दा पनि उनीहरुले अस्वीकार गरेपछि संसदमा मतदान गराउनु परेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?