logo
२०८१ बैशाख ४ मंगलवार



भारतमा ८१ दिनपछि सबैभन्दा कम कोभिड–१९ सङ्क्रमित

अन्तर्राष्ट्रिय |


भारतमा ८१ दिनपछि सबैभन्दा कम कोभिड–१९ सङ्क्रमित
तस्विर-फाइल


नयाँदिल्ली, असार ६ गते। भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या पछिल्लो ८१ ीदन यताकै सबैभन्दा कम दर्ता गरिएको छ ।
सरकारी अधिकारीहरुका अुनसार गएको चौबीस घण्टामा ६० हजारभन्दा कम सङ्क्रमित भएका हुन् । उक्त सङ्ख्या ८१ दिनपछिकै सबैभन्दा कम भएको अधिकारीहरुले जनाएका छन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा गएको चौबीस घण्टामा ५८ हजार ४९१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् ।
त्यसैगरी सोही अवधिमा भारतमा कोरोनाका कारण थप एक हजार ५७६ जनाको मृत्यु भएको छ ।
भारतमा गएको २४ घण्टामा ८७ हजार ९१७ जना कोरोनमुक्त भएका छन् । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ९८ लाख ८१ हजार ९६५ रहेको छ । ती मध्ये सात लाख २९ हजार २४३ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएरपनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या भने दुई करोड ८७ लाख ६६ हजार नौ रहेको छ । अहिलेसम्म ९६।२७ प्रतिशत सङ्क्रमणमुक्त भएको पनि अधिकारीहरुले जनाएका छन् ।
त्यसैगरी भारतमा अहिलेसम्म २७ करोड ६६ लाख ९३ हजार ५७२ डोज कोरोनाविरुद्धको खोप प्रयोग भएको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?