logo
२०८१ बैशाख ८ शनिवार



ब्राजिलमा पाँच लाख सङ्क्रमितको मृत्यु

अन्तर्राष्ट्रिय |


ब्राजिलमा पाँच लाख सङ्क्रमितको मृत्यु
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, असार ६ गते । ब्राजिलमा कोरोना सङ्क्रमणबाट पाँच लाखभन्दा बढीको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट कुनै एक देशमा भएको मृत्यु यो विश्वकै दोस्रो सबैभन्दा बढी हो । खोप अभाबका बीच खोप अभियान प्रभाबकारी रुपमा सञ्चालन हुन सकेको छैन् । चिसो मौसमको आगमनसँगै सङ्क्रमित संख्या र मृतक बढ्ने विज्ञहरुले अनुमान गरेका छन् ।
बीबीसीका अनुसार ब्राजिलका कुल वयस्कको १५ प्रतिशतले मात्रै कोभिड बिरुद्धको खोप लगाएका छन् । विश्व स्वास्थ्य संगठनले नामाकरण गरेको कोरोनाभाइरसको गामा स्वरुप ब्राजिलमा तीब्र रुपमा फैलिएको छ । गत् साता दैनिक रुपमा ७० हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् । अस्पतालका सघन उपचार कक्ष क्षमताको ८० प्रतिशतभन्दा बढीले भरेका छन् ।
गत् मार्च महिना यता दैनिक रुपमा औसतमा एक हजार ५०० भन्दा बढी सङ्क्रमितले ज्यान गुमाएका छन् । कोरोना सङ्क्रमणले हालसम्म सबैभन्दा बढी अमेरिकामा मृत्यु दत्र्ता गरिएको छ । भारतमा करिब चार लाख सङ्क्रमितको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?