logo
२०८० चैत्र १६ शुक्रवार



माइक्रोसफ्टका अध्यक्षमा भारतीय मूलका नाडेला नियुक्त

अन्तर्राष्ट्रिय |


माइक्रोसफ्टका अध्यक्षमा भारतीय मूलका नाडेला नियुक्त
तस्विर-फाइल


वासिङ्टन, असार ५ गते।
विश्वचर्चित माइक्रोसफ्ट कर्पोरेसनका अध्यक्षमा सत्य नाडेला नियुक्त हुनुभएको छ । माइक्रोसफ्टका अध्यक्ष यसअघि जोन थमसन रहनुभएको थियो भने नाडेल माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहनुभएको थियो ।
भारतीय मूलका नाडेला सो चर्चित कम्पनीका अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको कम्पनीले जनाएको छ । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी गत सन् २००० मा त्याग्नुभएको थियो भने सन् २०१४ देखि लगातार नाडेला नै प्रमुख कार्यकारी अधिकृत हुनुभएको थियो ।
उहाँ अध्यक्षमा निर्वाचित भए पनि प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी समेत निर्वाह गरिरहनु हुने कम्पनीले जनाएको छ । माइक्रोसफ्ट कर्पोरेसनमा झण्डै दई दशकपछि एउटै व्यक्तिले अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाउनुभएको हो ।
त्यसैगरी कर्पोरेसनका अध्यक्षको जिम्मेवारीबाट संस्थापक बिल गेट्स सन् २०१४ मा बाहिरिनुभएको थियो । संस्थापक गेट्स बाहिरिएपछि थमसनले अध्यक्षको जिम्मेवारी लिनुभएको थियो ।
अहिले उहाँ पनि बाहिरिएपछि माइक्रोसफ्ट कर्पोरेसनको नेतृत्व तेस्रो व्यक्तिमा पुगेको छ । कर्पोरेसनको दोहोरो जिम्मेवारी लिएपछि उहाँले सामाजिक सञ्जाल ट्वीटरको आफ्नो एकाउन्टमा पनि ‘चेयरमेन एण्ड सिइओ अफ माइक्रोसफ्ट कर्पोरेसन’ लेख्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?