logo
२०८१ बैशाख ८ शनिवार



भारतमा ६० हजार सङ्क्रमित थपिए

अन्तर्राष्ट्रिय |


भारतमा ६० हजार सङ्क्रमित थपिए
तस्विर-फाइल


गोरखापत्र अनलाइन

कााठमाडौं, असार ५ गते ।
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी हुदै आएको छ । पछिल्ला दुई साता यता दैनिक सङ्क्रमितको सङ्ख्यामा निरन्तर कमी हुँदै आएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । मन्त्रालयका अधिकारीका अनुसार गएको २४ घण्टामा भारतमा ६० हजार ७५३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । दैनिक सङ्क्रमितको सङ्ख्यामा २.९८ प्रतिशतको दरले कमी हुँदै आएको मन्त्रालयले शनिबार जनाएको छ ।
भारतमा गएको २४ घण्टामा एक हजार ६४७ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । सोही अवधिमा कुल ९७ हजार ७४३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा हालसम्म कुल दुई करोड ९८ लाख २३ हजार ५४६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये सात लाख ६० हजार १९ जना अहिले पनि सङ्क्रमित अवस्थामै छन् ।कोरोनाभाइरसलाई जितेर सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या भने दुई करोड ८६ लाख ७८ हजार ३९० छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?