logo
२०८१ बैशाख ४ मंगलवार



चीनमा ९७ करोडलाई कोभिड–१९ विरुद्धको खोप लगाइयो

अन्तर्राष्ट्रिय |


चीनमा ९७ करोडलाई कोभिड–१९ विरुद्धको खोप लगाइयो
तस्विर-फाइल


बेइजिङ, असार ४ गते। चीनमा बिहीबारसम्म ९६ करोड ६७ लाखभन्दा बढी व्यक्तिलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले चीनमा खोप अभियानलाई तीव्र बनाइएको जनाएको छ । मुख्य शहरी र गाउँहरुमा पनि खोप सुविधा विस्तार गरिएको आयोगको भनाइ छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वको जनसङ्ख्याको करिब २१ प्रतिशतलाई खोप दिइएको छ । अर्थात् विश्वभर २ अर्ब ५० करोड डोज खोप लगाइएको छ, र हरेक दिन तीन करोड ३९ लाखले खोप लगाइरहेका छन् ।
तर न्यून आय भएका मुलुकहरुका ०.८ प्रतिशत जनसङ्ख्याले मात्र कम्तीमा एक डोज खोप लगाएका छन् ।
पछिल्लो विवरण अनुसार दोस्रो स्थानमा रहेको संयुक्तराज्य अमेरिकामा ३१ करोड २९ लाख डोज खोप लगाइएको छ । त्यसपछि तेस्रो स्थानमा रहेको भारतमा २५ करोड ८३ लाखले खोप लगाएका छन् । तर जनसंख्याका आधारमा इजरायलमा कुल जनसंख्याको ५९ प्रतिशतले पूर्ण खोप लगाएका छन् भने बेलायतमा ४५ प्रतिशत, चिलीमा ४८ प्रतिशत, उरुग्वेमा ३७ प्रतिशत, बहराइनमा ५१ प्रतिशत, हंगेरीमा ४५ प्रतिशत, संयुक्तराज्य अमेरिकामा ४४ प्रतिशतले पूर्ण खोप पाएका छन् ।
तर कोभिड–१९ को दोस्रो लहरबाट सर्वाधिक असर परेको भारतमा ३.५ प्रतिशतले पूर्ण तथा १२ प्रतिशतले आंशिक खोप लगाएको डब्लुएचओले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?