logo
२०८१ बैशाख ७ शुक्रवार



अमेरिकी र रुसी राष्ट्रपतिबीच भेटवार्ता, राजदूत पठाउन सहमति

अन्तर्राष्ट्रिय |


अमेरिकी र रुसी राष्ट्रपतिबीच भेटवार्ता, राजदूत पठाउन सहमति
तस्विर-द् प्रिन्ट


वाशिङ्टन, असार ३ गते। विश्वका शक्तिशाली दुई देशका प्रमुखहरूबीच लामो भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच जेनेभामा झण्डै तीन घण्टा भेटवार्ता भएको हो । दुई देशका राष्ट्रप्रमुखहरूबीच भौतिक उपस्थितिमा सन् २०१८ पछि पहिलो पटक भएकाले पनि उहाँहरुको अहिलेको भेटवार्तालाई धेरै महत्वका साथ हेरिएको छ ।
वार्ताका लागि तीन घण्टाभन्दा बढी समय छुट्याइएको भएपनि बाइडेनले आफूलाई थप समय नचाहिएको बताएपछि तीन घण्टामा बैठक सकिएको थियो । बैठकपछि अमेरिकी राष्ट्रपति बाइडेनले रूससँग सम्बन्ध सुधारको वास्तविक सम्भावना अहिले देखा परेको प्रतिक्रिया दिनुभएको थियो ।
उहाँहरूले दुवै देशमा एक अर्काका राजदूतहरू पठाउने सहमति पनि गर्नु भएको जनाइएको छ । यसअघि सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा रूसले हस्तक्षेप गरेको आरोप अमेरिकाले लगाएपछि दुबै देशहरूले छलफलका लागि भन्दै आआफ्ना राजदूत फिर्ता गरेका थिए ।

त्यसैगरी, दुवै पक्षले परमाणु अस्त्र नियन्त्रणबारे छलफल आरम्भ गर्न सहमति जनाएको पनि समाचारहरूमा उल्लेख गरिएको छ ।
झण्डै साढे २ बर्षदेखि जेलमा राखिनु भएका विपक्षी नेता अलेक्सी नभाल्नीको बारेमा पनि उहाबीचमा पर्याप्त छलफल भए पनि कुनै सहमति भएको संकेत भने नदेखिएको अधिकारीहरुले बताएका छन् ।

त्यसैगरी साइबर सुरक्षा, युक्रेनलगायतका विषयमा पनि सकारात्मक उपलब्धि भएको कतै उल्लेख गरिएको छैन ।

उहाँहरूले कतिपय विषयमा आ–आफ्ना अडानहरू अझै पनि कायमै राखेकाले सन्तोषजनक नभएको टिप्पणी पनि गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप