logo
२०८१ बैशाख ८ शनिवार



ब्राजिलमा कोभिडबाट एकै दिन करिब तीन हजार जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


ब्राजिलमा कोभिडबाट एकै दिन करिब तीन हजार जनाको मृत्यु
तस्विर-एनाडोलु एजेन्सी


साओ पाओलो, असार ३ गते।
ब्राजिलमा कोभिड– १९ को सङ्क्रमणबाट करिब तीन हजार नागरिकको मृत्यु भएको बुधबार जानकारी दिइएको छ । २४ घण्टायताको अवधिमा बुधबार मात्र दुई हजार ९९७ जनाको ज्यान गएको बताइएको हो । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार बुधबार मात्र २४ घन्टामा कोभिड–१९ को सङ्क्रमणमा परेका दुई हजार ९९७ जनाको एकै दिनमा ज्यान गएको हो । यो सँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या चार लाख ९३ हजारभन्दा बढी पुगेको पनि सो मन्त्रालयले दिएको जनाइएको छ ।
ब्राजिलमा धेरै पछि यति धेरै नागरिक एकैदिन मृत्यु भएको पाइएको छ । योसँगै पछिल्ला केही समयमा प्रकोप बढ्दै गएको देखिएको छ । त्यसैगरी सोही अवधीमा थप ९९ हजार ३६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ । त्यसैगरी धेरैपछि यति धेरै संख्यामा सङ्क्रमित भेटिएका पनि बताइएको छ ।
कोरोना भाइरसको संक्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ७६ लाख ३७ हजार जनाभन्दा बढीमा सो संक्रमण भएको बताइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभहरु आइरहेका छन् । केही समयअघि सम्म अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका थिए ।
यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र एक लाख जनाभन्दा बढी नागरिकको ज्यान गएको छ । त्यसैगरी सो राज्यमा करिब ४० लाखभन्दा बढी नागरिक काेरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ब्राजिलमा अमेरिकापछि विश्वमै सबैभन्दा धेरै नागरिकको ज्यान गएको छ ।
त्यसैगरी भारतपछि सबैभन्दा धेरै नागरिक सङ्क्रमित भएका छन् । केही हप्ता यता मृत्यु हुने र सङ्क्रमित हुनेको सङ्ख्या घटेको जस्तो देखिए पनि पछिल्ला दिनहरुमा बढेको पाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?