logo
२०८१ बैशाख १३ बिहीवार



भारतमा ६२ हजार सङ्क्रमित थपिए

अन्तर्राष्ट्रिय |


भारतमा ६२ हजार सङ्क्रमित थपिए
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, असार २ गते । भारतमा कोरोनाभाइरसका ६२ हजार २२४ सङ्क्रमित थपिएका छन् । प्रति एक सय जनाको परीक्षण गर्दा पछिल्लो चौबीस घण्टामा ३.२२ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हाल भारतमा आठ लाख ६५ हजार ४३२ जना सक्रिय सङ्क्रमित छन् । थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड ९६ लाख ३३ हजार १०५ पुगेको छ । पछिल्लो चौबीस घण्टामा एक लाख सात हजार ६२८ जना कोरोनामुक्त भएका छन् । हालसम्म दुई करोड ८३ लाख ८८ हजार १०० जना कोरोनामुक्त भएका हुन् ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १९ लाख ३० हजार ९८७ नमूनाको परीक्षण गरिएको छ । समाचार संस्था एएनआईका अुनसार भारतमा हालसम्म २६ करोड १९ लाख ७२ हजार १४ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?