logo
२०८० चैत्र १६ शुक्रवार



अफगानिस्तानमा पाँच जना पोलियोकर्मीको हत्या

अन्तर्राष्ट्रिय |


अफगानिस्तानमा पाँच जना पोलियोकर्मीको हत्या
तस्विर-इएफइ एजेन्सी


काबुल, असार १ गते। अफगानिस्तानको नान्गरहर प्रान्तमा जारी पोलियो खोप अभियानमा संलग्न स्वास्थ्यकर्मीमाथि बन्धुकधारीले गरेको आक्रमणमा पाँच जना स्वास्थ्यकर्मीको ज्यान गएको छ ।
अधिकारीहरुका अनुसार यस घटनामा अरु चार जना गम्भीर घाइते भएका छन् ।
प्रान्तीय गभर्नरका प्रवक्ता अताउल्लाह खोग्यानीले अज्ञात बन्धुकधारीले प्रान्तीय राजधानी जलालाबाद शहर र नजिकैको खोग्यानी र सुर्ख जिल्लामा पोलियो थोपा खुवाउन खटिएका व्यक्तिहरुमाथि आक्रमण गरेको जानकारी दिनुभयो ।
उहाँले घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको पनि बताउनुभयो । सुरक्षा निकायले ती स्वास्थ्यकर्मीका लागि विशेष सुरक्षा व्यवस्था गर्न नसकेको बताइएको छ ।
अफगान स्वास्थ्य मन्त्रालयले पाँच वर्षमुनिका लाखौं बालबालिकालाई पोलियो खोप दिने गरी राष्ट्रव्यापी अभियान सञ्चालन भइरहेको समयमा उक्त घटना भएको छ ।
कुनै पनि समूहले उक्त आक्रमणको जिम्मेवारी स्वीकारेको छैन । यसअघि, गत मार्चमा पनि नान्गरहरमा भएका दुई बेग्लाबेग्लै घटनामा पोलियो खोप खुवाउने अभियानमा संलग्न दुई महिला स्वास्थ्यकर्मीको गोली हानी हत्या गरिएको थियो ।
विश्वमा हाल दुई मुलुक अफगानिस्तान र छिमेकी पाकिस्तानमा हरेक वर्ष पोलियोका बिरामी देखा पर्ने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?