logo
२०८० चैत्र १६ शुक्रवार



अमेरिकी राष्ट्रपति नेटो सम्मेलनमा सहभागी हुन ब्रसेल्समा

अन्तर्राष्ट्रिय |


अमेरिकी राष्ट्रपति नेटो सम्मेलनमा सहभागी हुन ब्रसेल्समा
तस्विर-एएफपी


ब्रसेल्स, जेठ ३१ गते।
संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को बैठकमा भाग लिन ब्रसेल्स आइपुग्नु भएको छ । राष्ट्रपति बाइडेनले चीन र रसियाद्वारा अघि बढाइएका विवादित विषयहरुलाई प्रतिरोध गर्ने उपायको खोजी गर्न आफ्ना युरोपेली साझेदार मुलुकहरुसँग विचारविमर्श गर्नु हुनेछ ।
हाल ३० वटा मुलुक सदस्य रहेको नेटोसँग सम्बन्ध पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा चिस्सिएको थियो ।
सोमबार हुने नेटो शिखर बैठकमा राष्ट्रपति बाइडेनले चीन र रसियाका अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न व्यापक समन्वयका लागि युरोपेली मुलुकहरुलाई आश्वस्त पार्नु हुनेछ । बाइडेनले आर्थिक र राष्ट्रिय सुरक्षाका मामिलामा रसिया र चीनबाट भइरहेका हस्तक्षेप आफूहरुलाई स्वीकार्य नहुने पहिल्यैदेखि बताउँदै आउनु भएको छ ।
बाइडेनले नेटो गठबन्धनको घोषणापत्रको धारा ५ मा व्यक्त अमेरिकी प्रतिबद्धताप्रति पुनः जोड दिनु हुनेछ । यस धारामा कुनै पनि एक सदस्य मुलुकमाथि आक्रमण भए सबै सदस्य मुलुकमाथि आक्रमण भएको मान्यता राख्छ र त्यसको सामूहिक प्रतिबाद गरिने छ भन्ने उल्लेख छ ।
गत साता पनि बेलायतमा रहेका अमेरिकी सैनिकलाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले नेटो गठबन्धन र धारा ५ प्रति अमेरिका पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको थियो ।
राष्ट्रपति बाइडेन हाल युरोपेली मुलुकको आठ दिने भ्रमणमा हुनुहुन्छ । उहाँले यसअघि नै बेलायतको कोर्नवालमा आयोजित विश्वका “सम्पन्न सात” (जी–७)को बैठकमा सहभागिता जनाउनु भएको थियो ।
राष्ट्रपति बाइडेनले जेनेभामा बुधबार रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेटवार्ता गर्नु हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप