logo
२०८१ बैशाख १३ बिहीवार



इन्डोनेसियामा फेबु्रअरीपछि पहिलो पटक कोभिड–१९ सङ्क्रमितको सङ्ख्या उच्च

अन्तर्राष्ट्रिय |


इन्डोनेसियामा फेबु्रअरीपछि पहिलो पटक कोभिड–१९ सङ्क्रमितको सङ्ख्या उच्च
तस्विर-फाइल


जकार्ता, जेठ ३० गते।
इन्डोनेसियामा आइतबार २४ घण्टामा कोभिड–१९ बाट थप सङ्क्रमितको सङ्ख्या नौ हजार ८६८ भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो तथ्याङ्क अनुसार इन्डिोनेसियामा अहिलेसम्म १९ लाख ११ हजार ३५८ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । मृत्यु भएका कोभिड–१९ सङ्क्रमितको सङ्ख्या आइतबार थपिएको १४९ सहित ५२ हजार ८७९ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोभिड–१९ सङ्क्रमण भई निको हुनेको सङ्ख्या चार हजार ६५५ रहेको बताइएको छ । यो सङ्ख्या थप सङ्क्रमितको सङ्ख्याभन्दा झण्डै ५० प्रतिशतले कम हो । दक्षिणपूर्वी यस मुलुकमा अहिलेसम्म कूल १७ लाख ४५ हजार ९१ व्यक्ति सङ्क्रमणमुक्त भइसकेका छन् ।
भाइरस सङ्क्रमण देशका २४ प्रान्तहरूमा फैलिएको छ ।
विशेष गरी बितेको २४ घण्टामा जकार्तामा दुई हजार ७६९ व्यक्तिमा थप सङ्क्रमण पुष्टि भएको छ भने सेन्ट्रल जाभामा दुई हजार ५७९ पश्चिम जाभामा एक हजार २४२, यज्ञकार्टामा ४६६ र पूर्वी जाभामा ४१८ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । देशको पश्चिम सुलावेसी प्रान्तमा कुनै नयाँ सङ्क्रमित नभेटिएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?